२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली कागजातपत्र बनाएर बिदेश पठाउने ५३ म्यानपावर कम्पनीलाई कार्वाही

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८

(ABC-Sanchar)
काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा.गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।

इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो । इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई तीन महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]