०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

भारतले रुसबाट सस्तो मूल्यमा इन्धन किन्दै अब तेल सस्तो हुन्छ कि ?

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८


(ABC-SANCHAR)
दिल्ली । अमेरिका लगायत पश्चिमा राष्ट्रबाट कडा प्रतिबन्ध झेलेको रुसबाट भारतले सहुलियतमा तेल किन्ने विषयमा छलफल गरिरहेको छ।

भारतीय उच्च अधिकारीलाई उदृत गर्दै रोयटर्सले दिएको जानकारीअनुसार विश्वका दर्जनौं देशले आर्थिक प्रतिबन्ध लगाउँदा रुसी अर्थतन्त्रमा असर पुगेको छ।

आफ्नो अर्थव्यवस्थालाई चलायमान बनाउन रुसले भारतलाई सस्तोमा तेल लगायत अन्य उत्पादन बेच्न लागेको समाचारमा जनाइएको छ।

युक्रेनमा आक्रमण गरेको भन्दै पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाउँदा रुसी उत्पादन बाहिर जान पाएको छैनन्। रुसी बैंक, स्विफ्ट अन्तर्राष्ट्र्रिय भुक्तान प्रणालीमाथि पनि प्रतिबन्ध लागेको छ।

भारतले आफ्नो देशमा आयात गर्नेमध्ये ८० प्रतिशत तेल रुसबाट ल्याउँछ। त्यो भनेको रुसी आपूर्तिको २ देखि ३ प्रतिशत हो।

रुस–युक्रेन द्वन्द्वले विश्व बजारमा तेलको भाउ बढेपछि भारत सरकारले तेल कम प्रयोग गर्न चाहिरहेको छ। यसबीचमा सस्तो मूल्यमा रुसले तेल दिने भएपछि भारत खुशी भएको बताइएको छ।

खबरअनुसार भारत र रुसी सरकारबीच रुपैयाँ–रुबलमा व्यापार गर्ने व्यवस्थाको विषयमा पनि छलफल भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!