ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ घर भई पोखरा १० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियार रहेका छन ।
ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेका आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ । त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनी ठागी गर्दै आइरहेका थिए ।
उनी फेसबुकमा कुराकानी गरी भर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु.९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस) रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीले सम्मानित कास्की जिल्ला अदालतबाट सात (७) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।