२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

५० लाख फिरौती माग्ने कामदार दाङ प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८


  1. ABC (क्राईमबिट)
    दाङ । अपहरणमा परेको नाटक गरि आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा लामो समयदेखि काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमेलिया जंगलबाट नियन्त्रणमा लिई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
    देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । देवकोटाले रिजालको घर व्यवहार, ब्यक्तिगत सम्बन्धसहित आर्थिक हैसियतका बारेमा सबै बुझेकाले सजिलैसँग पैसा कमाउने सोचले उक्त घटनाको योजना बनाएको प्रहरी प्रमुख एसपी काफ्लेले बताए । उनले पैसा कमाएर मात्र नहुने भन्दै आफुसंगै रहेका ब्यक्तिको अत्यधिक बिश्वासले गर्दा यो घटना घटेको वताए । रिजालको तुलसीपुरसहित बिभिन्न ठाउँमा कलेज, अस्पतालमा ठुलो लगानी छ ।
    आफु अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटाले रिजालले ज्यान मार्ने धम्की दिएको प्रहरीको दाबी छ । फागुन २७ गते फर्ममा प्लाष्टिकको पाईपमा कालो टेपले बेरेर बम जस्तो शंकास्पद बस्तु राखेर अभियुक्त देबकोटाले डर, त्रास देखाएको प्रहरीले जनाएको छ । सकेट बम बनाउन प्रयोग हुने सामग्रिसहित्को बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको जनता समाजबादी पार्टी र आफै स्वंयले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा गुगलबाट ट्रान्सलेट गरेको प्रिन्ट गरेर नो एमसीसी लेखेको पत्र राखेका थिए । त्यस लगत्तै चैत्र ६ गते देवकोटा अटाेमा चढेर तुलसीपुर बजारमा रहेको बैंकमा जान्छु भनि निस्कीएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए । फिरौती माग्न उनले अपहरणको नाटक गर्दै बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई ` तपाईको बुढो हामी सँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौ हजुर,आफु सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ भनेर´ मोवाईलमा म्यासेज लेखेर एकाएक बेपत्ता भई सम्पर्क विहीन भएका थिए । बेपत्ता भएको सुचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीको टोली उद्धार र असन्धानमा खटेको थियो ।
    देवकोटा बिरुद्ध झुठा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम बिष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्धा चल्ने एसपि काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]