२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आइजिपी क्षेत्रीले प्रहरीहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दाबी

Logo
प्रकाशित बिहिबार, बैशाख १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गरेका छन् ।

उक्त अवसरमा आईजीपी थापाले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा/बढुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको बताउनुभयो । नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको उनले उल्लेख गरे ।

कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उनले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले आईजीपी थापाले कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गरे । प्रस्तुतीकरणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषण सहित जानकारी दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीहरू बीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]