०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

दाङ प्रहरीले लमहीबाट अवैध हतियार पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन संचालन गरी बस्ने अन्दाजी ६२/७३ वर्षिय मुम बहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।

एक जना ब्यक्ति चक्कु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । २० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!