२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा गणतन्त्र दिवसको अवसरमा ३१ जना कैदीबन्दीको कैद मिनाह

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

(ABC=SANCHAR)
दाङ । घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको कैद मिनाह हुने भएको हो । घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनीहरु मध्य कर्तव्य ज्यानका ५ जना, डाका चोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना रहेका छन् ।

घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् । घोराही कारागारमा अहिले ३ सय ९ जना कैदी रहेको जेलर बासुदेव खनालले जानकारी दिएका छन् । कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने खनालले बताए ।

तुलसीपुरमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्ता गरेका ८ जना रहेका रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ महिला र १३ जना पुरुष रहेका छन् ।

विषब्वाय कतव्र्य ज्यानका एक महिला, कतव्र्य ज्यानका ३ पुरुष, गौ बधका ३ जना पुरुष, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका २ जना पुरुष, नकपजनी चोरी र डाँका चोरीका १/१ जना पुरुष रहेको कारागार कार्यालय तुलसीपुरका जेलर अमर वलीले जानकारी दिएका छन् ।

त्यस्तै ४० प्रतिशत कैद भुक्तान गरेकामध्ये डाका चोरी र ज्यान मार्ने उद्योगका २/२ जना र कर्तव्य ज्यानका ४ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले दुई जना आश्रित बालबालिका र ४० महिलासहित ५ सय ५० जना कैदीबन्दी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]