३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी आइजिपी अर्यालले वृक्षारोपण गर्दै

Logo
प्रकाशित आइतबार, जेठ २२, २०७९


ABC (काईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिषरमा आइतबार विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा उल्लेखित विरुवा रोपीएको हो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईकाहरुमा समेत वृक्षारोपण गरिने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!