२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बिधालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना सिकाउँदै दाङ जिल्ला ट्राफिक प्रमुख:झबिन्द्र

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


(सागर थापा)
दाङ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आईतवार विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । घोराहीमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय दाङबाट गएको ट्राफिक प्रहरीको टोलीले प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण कार्यक्रममा दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले उपस्थित करिब २०० सय विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । “करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्”, उनले भने, “यसलाई हामी आफैँले न्यूनीकरण गर्न सक्छौँ ।”
चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको ट्राफिक प्रमुख परियारले बताए । “त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्”, उनले भने, “एक्कासि टायर पड्किने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।”

प्रशिक्षणका क्रममा उनले कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्,एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्”, उनले सुझाए, “सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।
सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्”, उनले भने, “उनीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।”

ट्राफिक प्रहरीले ट्राफिक सचेतन अभियान अन्तर्गत बिद्यालयमा यो अभियान निरन्तर अघि बढाउने परियारले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।
पद्ममोदय माध्यमिक विद्यालयका निमित्त प्रमुख मोहन कुमार अधिकारीले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । “विगतमा पनि ट्राफिक प्रहरीले गरेका कार्यक्रम उपलब्धीमूलक थिए”, उनले भने, “विद्यालयमा सिकेको भन्दा ट्राफिक आफैँ उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!