०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

डीआईजी बढुवामा छुटेका एसएसपी हरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी आईजिपी : सिंह

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको निर्देशन अनुसार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा छुटेका केही अधिकृतहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी थालेको छ ।

गृह मन्त्रालयले ८ असारमा १७ एसएसपीको डीआईजीमा बढुवा सिफारिस गरेसँगै केही दिनमा जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रमुख पद रिक्त हुनेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सिमित सिटका कारण बढुवामा अटाउन नसकेका अब्बल अधिकारीलाई सोही अनुसारको जिम्मेवारी दिने तयारी थालेका छन् ।

हाल कर्णाली प्रदेश प्रहरीको नेतृत्व गरिरहेका एसएसपी राजेशनाथ बास्तोला, प्रहरी प्रवक्ता रहेका विष्णुकुमार केसीसहित एसएसपीहरु चन्द्रकुबेर खापुङ, जनक भट्टराई, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, लालमणि आचार्य र यज्ञविनोद पोखरेल बढुवामा छुटेका छन् ।

यीमध्ये एसएसपी पोखरेल हाल जिल्ला प्रहरी परिसर ललितपुरको कमाण्ड गरिरहेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीआईजी बढुवासँगै काठमाडौंका चार इकाइहरु काठमाडौं प्रहरी, अपराध महाशाखा, विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा काज सरुवाको सम्भावना छ ।

त्यसपछि बढुवा भएका डीआईजीको पदस्थापन र एसएसपी बढुवा हुने नयाँ टोलीको पदस्थापन र बाँकी रहेका पुराना एसएसपीहरुको सरुवा हुनेछ ।

उच्च स्रोतका अनुसार महानिरीक्षक सिंह एसएसपीहरु विष्णुुकुमार केसी, राजेशनाथ बास्तोला, कुबेर कडायत, रविन्द्र केसी र लालमणि आचार्यलाई महत्वपूर्ण इकाइको जिम्मेवारी दिने पक्षमा छन् । यी अधिकारीले एसएसपीमा यसअघि अवसर नपाएकाले समेत महानिरीक्षक सिंहको यसमा जोडबल रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]