२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

डीआईजी बढुवामा छुटेका एसएसपी हरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी आईजिपी : सिंह

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको निर्देशन अनुसार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा छुटेका केही अधिकृतहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी थालेको छ ।

गृह मन्त्रालयले ८ असारमा १७ एसएसपीको डीआईजीमा बढुवा सिफारिस गरेसँगै केही दिनमा जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी शिक्षालय भरतपुरमा प्रमुख पद रिक्त हुनेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सिमित सिटका कारण बढुवामा अटाउन नसकेका अब्बल अधिकारीलाई सोही अनुसारको जिम्मेवारी दिने तयारी थालेका छन् ।

हाल कर्णाली प्रदेश प्रहरीको नेतृत्व गरिरहेका एसएसपी राजेशनाथ बास्तोला, प्रहरी प्रवक्ता रहेका विष्णुकुमार केसीसहित एसएसपीहरु चन्द्रकुबेर खापुङ, जनक भट्टराई, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, लालमणि आचार्य र यज्ञविनोद पोखरेल बढुवामा छुटेका छन् ।

यीमध्ये एसएसपी पोखरेल हाल जिल्ला प्रहरी परिसर ललितपुरको कमाण्ड गरिरहेका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीआईजी बढुवासँगै काठमाडौंका चार इकाइहरु काठमाडौं प्रहरी, अपराध महाशाखा, विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा काज सरुवाको सम्भावना छ ।

त्यसपछि बढुवा भएका डीआईजीको पदस्थापन र एसएसपी बढुवा हुने नयाँ टोलीको पदस्थापन र बाँकी रहेका पुराना एसएसपीहरुको सरुवा हुनेछ ।

उच्च स्रोतका अनुसार महानिरीक्षक सिंह एसएसपीहरु विष्णुुकुमार केसी, राजेशनाथ बास्तोला, कुबेर कडायत, रविन्द्र केसी र लालमणि आचार्यलाई महत्वपूर्ण इकाइको जिम्मेवारी दिने पक्षमा छन् । यी अधिकारीले एसएसपीमा यसअघि अवसर नपाएकाले समेत महानिरीक्षक सिंहको यसमा जोडबल रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!