२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

एआईजी विश्वराज पोखरेलको रिट हेर्दा हेर्दैमा गयो अर्को सुनुवाइ असार १९ गते

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट फेरि आज पनि हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त रिटको बहस नसकिएकाले आज तेस्रोपटक फेरि हेर्दाहेर्दैमा परेको हो । एआईजी पोखरेलको उक्त रिटमा यहि असार १९ गते सुनुवाइ हुने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेर आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!