ABC-SANCHAR
महेन्द्रनगर । कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
पुर्नबास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।
यता चट्याङ परेर पुर्नबास–८ मा २५ वर्षीय शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर थापाको मृत्यु भएको हो ।