०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

घोराही खानेपानी अध्यक्षका दाबेदार डिसि र केसि प्रतिष्पर्धामा कसलाई दिन्छ पार्टीले टिकट ?

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा बार्षिक बजेट आकर्षक र राम्रै देखीन्छ । ठुलो बजेटका कारण पनि सबैले अँाखा लगाउने सस्था अहिले बनिरहेको छ । सस्था अधिबेशनको तयारिमा लागीरहेको बेला नेतृत्व हत्याउन कांग्रेस भित्रबाट पुराना र युब पङ्क्तीबाट आकाङ्क्षीहरु लागि परेका छन ।

अहिले छिट्टेै टेण्डरको तयारिमा बबई खानेपानी लिफ्ट आयोजना छ । डिपिआर तयार पनि भइसकेको छ । नयाँ अध्यक्ष आउनासाथ यो टेण्डर खुल्नेछ । ६५ करोडको यो टेण्डर नयाँ अध्यक्षले गर्ने भएपछि नेतृत्वको लागि आकाङ्क्षि बढेको छ । त्यसमा स्थानीय, प्रदेश र संघले पनि खानेपानीलाई प्राथमिकता दिएर राम्रो बजेट दिने गरेका छन ।

बार्षिक ५ देखि ६ करोडको बजेट खानेपानि सस्थाको हुन्छ । कुनै बिशेष आयोजनामा त्यो बजेट बढेर पनि आउछ । सस्थाका कोषाध्यक्ष धुर्ब केसिले खानेपानि सस्थाको बार्षिक बजेट ५ देखि ६ करोडको हुने र बिशेष खानेपानी आयोजनाका लागि ठुलै बजेट आउने गरेको बताए । अहिले अध्यक्षको दौडमा कोषाध्यक्ष केसि र बर्तमान अध्यक्ष देबिबहादुर डिसि छन । अध्यक्षका बलियो दाबेदार डिसि र केसि चुनाबि प्रचारलाई ब्यापक बनाएका छन । दुबै जना नेतृत्व छोड्ने पक्षमा छैनन । सातौ कार्यकालको लागि डिसि अध्यक्षको प्रतिष्पर्धामा छन ।

अहिले युबालाई नेतृत्व हस्तान्तरण गर्न कांग्रेसबाट डिसिलाई दबाब परेपनि उनि स्वतन्त्र उम्मेद्वारी दिने बताइरहेका छन । यसअघि सबै दल मिलेर चुनाब लड्दा पनि डिसिले अध्यक्ष जितेका थिए । तर, उनकै पार्टीबाट अध्यक्षमा लड्ने बताइरहेका केसि पनि अध्यक्ष डिसिको पहिलेको जस्तो माहोल अहिले नरहेको दाबी गर्छन । उनले आफु चुनाब लडे भारी मतले जित्ने बताए ।अहिले कांग्रेसका नेताहरु डिसिलाई नेतृत्व दौडबाट बसाल्न लागि परेको भन्दै अन्तिममा पार्टीबाट अध्यक्षमा टिकट आफुले पाउने बिश्वास ब्यक्त गरे । डिसि स्वतन्त्र उठे पनि अघिल्लोपटक एमाले र माओबादीले उम्मेद्वारी दिएका थिएनन् ।उनले एमाले र माओबादीबाट सहयोग पाएर यो भन्दा अघि खानेपानीको अध्यक्षमा स्वतन्त्रबाट चुनाब जितेका थिए । कांग्रेस भित्र किचलो बढ्दै गएपछि एमालेले खानेपानिको अध्यक्षमा दाङ उबासंघका पुर्ब अध्यक्ष नारायण भुसाललाई उठाउने गरि पार्टी भित्र छलफल चलाईरहेको छ । भुसालले केही दिन अघि फेसबुकमा कुनै पनि सस्थाको कार्यकारि पदमा रहेर काम गर्ने इच्छा ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!