२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

घोराही खानेपानी अध्यक्षका दाबेदार डिसि र केसि प्रतिष्पर्धामा कसलाई दिन्छ पार्टीले टिकट ?

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थामा बार्षिक बजेट आकर्षक र राम्रै देखीन्छ । ठुलो बजेटका कारण पनि सबैले अँाखा लगाउने सस्था अहिले बनिरहेको छ । सस्था अधिबेशनको तयारिमा लागीरहेको बेला नेतृत्व हत्याउन कांग्रेस भित्रबाट पुराना र युब पङ्क्तीबाट आकाङ्क्षीहरु लागि परेका छन ।

अहिले छिट्टेै टेण्डरको तयारिमा बबई खानेपानी लिफ्ट आयोजना छ । डिपिआर तयार पनि भइसकेको छ । नयाँ अध्यक्ष आउनासाथ यो टेण्डर खुल्नेछ । ६५ करोडको यो टेण्डर नयाँ अध्यक्षले गर्ने भएपछि नेतृत्वको लागि आकाङ्क्षि बढेको छ । त्यसमा स्थानीय, प्रदेश र संघले पनि खानेपानीलाई प्राथमिकता दिएर राम्रो बजेट दिने गरेका छन ।

बार्षिक ५ देखि ६ करोडको बजेट खानेपानि सस्थाको हुन्छ । कुनै बिशेष आयोजनामा त्यो बजेट बढेर पनि आउछ । सस्थाका कोषाध्यक्ष धुर्ब केसिले खानेपानि सस्थाको बार्षिक बजेट ५ देखि ६ करोडको हुने र बिशेष खानेपानी आयोजनाका लागि ठुलै बजेट आउने गरेको बताए । अहिले अध्यक्षको दौडमा कोषाध्यक्ष केसि र बर्तमान अध्यक्ष देबिबहादुर डिसि छन । अध्यक्षका बलियो दाबेदार डिसि र केसि चुनाबि प्रचारलाई ब्यापक बनाएका छन । दुबै जना नेतृत्व छोड्ने पक्षमा छैनन । सातौ कार्यकालको लागि डिसि अध्यक्षको प्रतिष्पर्धामा छन ।

अहिले युबालाई नेतृत्व हस्तान्तरण गर्न कांग्रेसबाट डिसिलाई दबाब परेपनि उनि स्वतन्त्र उम्मेद्वारी दिने बताइरहेका छन । यसअघि सबै दल मिलेर चुनाब लड्दा पनि डिसिले अध्यक्ष जितेका थिए । तर, उनकै पार्टीबाट अध्यक्षमा लड्ने बताइरहेका केसि पनि अध्यक्ष डिसिको पहिलेको जस्तो माहोल अहिले नरहेको दाबी गर्छन । उनले आफु चुनाब लडे भारी मतले जित्ने बताए ।अहिले कांग्रेसका नेताहरु डिसिलाई नेतृत्व दौडबाट बसाल्न लागि परेको भन्दै अन्तिममा पार्टीबाट अध्यक्षमा टिकट आफुले पाउने बिश्वास ब्यक्त गरे । डिसि स्वतन्त्र उठे पनि अघिल्लोपटक एमाले र माओबादीले उम्मेद्वारी दिएका थिएनन् ।उनले एमाले र माओबादीबाट सहयोग पाएर यो भन्दा अघि खानेपानीको अध्यक्षमा स्वतन्त्रबाट चुनाब जितेका थिए । कांग्रेस भित्र किचलो बढ्दै गएपछि एमालेले खानेपानिको अध्यक्षमा दाङ उबासंघका पुर्ब अध्यक्ष नारायण भुसाललाई उठाउने गरि पार्टी भित्र छलफल चलाईरहेको छ । भुसालले केही दिन अघि फेसबुकमा कुनै पनि सस्थाको कार्यकारि पदमा रहेर काम गर्ने इच्छा ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!