२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

लुम्बिनी प्रदेशका स्वास्थ राज्य मन्त्री बिमला खत्री वलीले राजीनामा दिईन

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९

ABC-SANCHAR
बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतले बतायो ।पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!