२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

कपिलवस्तुमा दाइजोमा पैसा नल्याएको भन्दै घर निकाला उजुरी दिदा पनि प्रहरी बेखबर ?

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९

ABC (क्राईमबिट)
कपिलवस्तु । कलिलै उमेरमा मागी विवाह गरेकी छाँया बारी विवाहको डेढ वर्षमै घरबाट निकालिनु परेको छ । कपिलवस्तु ६ गोबरीकी २१ वर्षिय बारी दाइजो नल्याएकै कारण घर निकाला हुनु परेको छ । विवाहमा तेरो माइतीले दाईजो नदिएको भन्दै घर परिवारले यातना दिई घर निकाला गरेको उनी बताउछिन । कक्षा १० उत्तिर्ण गरेकी बारीलाई पढ्ने ठुलो धोको छ । तर विवाह पछि उनी घरपरिवारबाट लखेटिनु परेको छ । पटक पटक ३ लाखको दाइजो लिएर आइज भन्दै घर परिवारले यातना दिने गरेको उनले बताइन । श्रीमान दिपकुमार बारी हाल इन्डियामा रहेको बताउदै सासु ससुराले नै आफुलाई धैरै दुःख दिने , कुटपिट गर्ने गरेको बताइन ।

जिल्ला प्रहरीमा उजुरी दिए पनि हाल सम्म सुनुवाई नभएको उनी बताउछिन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेशी शाहले प्रहरीमा विवाह दर्ता र नागरिता बनाइदिन भनी उजुरी परेको छ , घट्ना फरक रहेछ , यसलाई राम्रो सँग अनुसन्धान गरि पिडितलाई न्याय दिइने बताउनु भयो । पिडित बारीलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जसरी पनि न्याय दिलाउने बताए । पिडित बारीलाई इन्सेकले रु ५ हजार आर्थिक सहयोग स्वरुप प्रजिअ धर्मेन्द्र मिश्रको हात बाट हस्तान्तरण गरेको छ ।इन्सेक प्रतिनिधि पार्वती आचार्यले पिडितलाई न्यायको लागि पहल गर्ने बताइन । मानव अधिकार निगरानी समितिका अध्यक्ष पुष्पा रेग्मीले बारी ठुलो अन्यायमा परेकोले न्यायको लागि सबैले पहल गर्नु पर्ने बताइन ।

अधिकारकर्मी पशुपतिमणी त्रिपाठीले छाया ठुलो अन्यायमा परेको बताउदै न्यायका लागि सबैले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । इन्सेकको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ६ महिनाको अबधीमा घरेलु हिंसाका १ सय ७६ उजुरी परेका छन । वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ सेवन, दाइजो , कुटपिटका कारण घरेलु हिंसा बढिरहेका छन । प्रेस-पार्टीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!