२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

सरकारले १९ जना सहसचिवको सरुवा

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९

ABC-SANCHAR
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तान्दै खानेपानीमा अतिरिक्तमा रहेका शोभा कान्त पौडेलको सरुवा भएको छ । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ भने यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेको वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ ।

यसैगरी निश्चल राज पाण्डेको विराटनगर महानगरपालिकाबाट राष्ट्रिय दलित आयोग र आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायण प्रसाद सापकोटाको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका नेत्र प्रसाद सुवेदीको सोही प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय वा अन्तर्गतका राम प्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानुन, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, गृह मन्त्रालय वा अन्तर्गतका नारायण प्रसाद भट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा भएको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका गोपाल अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत, सामान्यको अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र त्यहाँका धनी राम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । र, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यलाई सोही मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!