२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नयाँ जडान गरिएको ट्राफिक लाइट काठमाडौं ट्राफिक एसएसपी जोशीद्वारा उद्‍घाटन

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज उक्त नयाँ ट्राफिक लाइटको उद्‍घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रु मैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परिक्षण गरि सञ्चालनको प्रक्रियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!