२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा घुमुवा हुँ भन्दै धम्क्याउने युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत छन् ।

चन्द्रपुर नगरपालिका–४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसलाई र स्थानीय होटलमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि अभद्र व्यवहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!