२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बर्दियाको मधुवनमा प्रहरी नै मल तस्करीमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC संचार ब्युरो
तस्वीर : मधुवन नगरपालिका वडा नम्बर ५ को जंगलबाट प्रहरीलाई ‘नजराना’ बुझाएर ल्याएको मल

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर – ५ मा प्रहरीले नै भारतबाट मल तस्करी गराइरहेको भेटिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ तर मल नपाएर भौँतारी रहेका मधुवन नगरपालिकाका किसानले ईलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीका प्रहरीहरूलाई ‘नजराना’ चढाएर मल ल्याउने गरेको स्रोतले बतायो ।

मधुवन वडा नम्बर ५ आसपासको जंगल भारतको बिछिया, आमाबर्दिया नाकासँग जोडिन्छ ।

स्रोतका अनुसार उक्त जंगलमा भारतीय तस्करहरुले “डिएपी” लगायतका मल ल्याएर लुकाएका छन । उक्त मल अहिले प्रहरीहरूले नै १२ सय रुपैयाँमा किसानलाई बेचिरहेका छ्न ।

स्रोतका अनुसार १० नम्बर र ११ नम्बर भनिने गाउँ आसपासका जंगलमा यो आपराधिक कार्य भइरहेको छ ।

स्रोतले जानकारी दिँदै भन्यो, ‘भारतीय सरकारले अनुदानमा आफ्ना नागरिकलाई दिने मल उतैका तस्करले जंगलमा लुकाएर राखेका छन । उक्त मल नेपाली किसानलाई १ हजार २ सयमा बिक्रीवितरण भइरहेको छ । भारतिय तस्करले ५ सय देखि ७ सय राख्छन भने बाँकी कमिसन स्वरुप प्रहरीले राख्ने गरेका छन ।’

मधुवन नगरपालिका वडा नम्बर ५ आसपासको जंगलमा मलको तस्करी कार्य भइरहेको छ भने केही प्रहरीहरु तस्करको सारथि बनिरहेका छ्न ।

किसानले सिधै गएर तस्करसँग मल पाउँदैनन । त्यहाँ खटिएका प्रहरीलाई १ हजार २ सय रुपैयाँ दिएपछि जंगल भित्र गएर एक बोरा मल पाइन्छ ।

मल लिएर आएका एक किसानले नाम नखोल्ने शर्तमा ब्यंग्यात्मक शैलीमा भने, “सरकारले मल दिन सकिरहेको छैन, कम्तीमा यहाँका पुलिसले त घुसै खाएर भएपनि मल दिइरहेका छन ।”

ती किसानका अनुसार पैसा बुझाए प्रहरीले आफै तस्करहरुसँग कुरा गर्छ र त्यसपछि जंगलमा बोलाउँछ । जंगलबाट साइकलमा सहजै मल ल्याउन सकिन्छ ।

कृषिमा आत्मनिर्भर हुन खोजेको देशमा नै प्रहरीलाई कमिसन बुझाएर तस्करबाट मल ल्याएर आउनुपर्ने किसानहरूको बाध्यता छ ।नेपाल-कागजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!