
ABC-SANCHAR
दाङ । तुलसीपुर उपमहानगरपालिका-६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपाली रहेका छन् ।
सोमबार बिहान घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।