२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

चप्पर खोला प्रगतिशिल सामुदायिक वनमा लमही खानेपानीद्वारा ५ हजार वृक्षारोपण

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

मेगमन बुढा

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको चप्पर खोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५ हजार वृक्षारोपण कार्य सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमहीको ५ हजार बिरुवा सहयोगमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले एक कार्यक्रमको आयोजना गरि सोमबार चप्पर खोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहको साढे ३ हेक्टर नाङ्गो जमिनमा
सिसौं,खयर,सागुन लगायतका बिरुवा रोपिएको हो ।

खानेपानी संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख मेयर जोगराज चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी (सागर)को विशेष अतिथीमा शुरु भएको कार्यक्रममा
प्रमुख अतिथि चौधरीले बाताबरण र मानिस बीचको सम्बन्धले बाेटबिरुवाबाट प्राणि जगतमा महत्त्वपूर्ण भुमिका खेल्ने र त्यसबाट लाभदयिक हुने बताउनु भयाे ।

त्यस्तै देउखुरी डिभिजन वन कार्यालय दाङ (देउखुरी)का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बिरुवा रोप्नु भन्दा अघि टेक्निकल कुराहरु ध्यान दिएर बिरुवा रोप्नु पर्ने बताउनु भयो । यस्तै उहाँले प्रमुख कुराहरु खाड्ल कसरी खन्ने,बिरुवालाई छोपिएका पलास्टिक कसरी हटाएर मात्र बिरुवा रोप्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै बिरुवा राेप्ने काम र यसकाे बास्तबिक महत्त्व बुझेर सम्रक्षण तथा सम्बर्द्धन गर्न सकेमा मात्र यसकाे अर्थ र अैाचित्य साबित हुने प्रमुख डिभिजनल अधिकृत क्षेत्रीले बताउनु भयाे ।

यसैगरी लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले आफ्नो संस्थाबाट रोपिएको बिरुवाहरुलाई नहुर्काउदासम्म यसको संरक्षण र संवर्धनको लागि निरन्तर लागि पर्ने बताउनु भएको छ । वातावरण संरक्षण तथा संवर्धन वृक्षारोपण भन्ने मेन उदेश्यका साथमा गरिएको वृक्षारोपण कार्यक्रमको संचालन लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!