१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

देउवा सरकारले फ़ेरि पेट्रोलियम पदार्थको मूल्य फ़ेरि बढायो पेट्रोल प्रति लिटर (१८१)

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९


ABC-SANCHAR
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ । पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्न नसकेको बक्यौता रकम समेत बढ्दै गई आगामी असार २४ सम्ममा करिव रु. ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]