२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बजारमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९


(निल्  जैसवाल )
बाजुरा । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ ।

छडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो ।

प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरीमध्ये ६ जनाको हात, खुट्टा, घुँडा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा प्रहरी धर्मबहादुर रोकाया, इन्द्रबहादुर थापा, बीजित चदारा, निर्मला ऐर, झलनाथ शर्मा र प्रेमबहादुर धामीको हात खुट्टा, टाउको र घुँडाको हड्डी भाँचिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

सोमबार सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा फाइल पेस गर्न जाने बेला प्रर्दशनकारीले वकिल कार्यालय र जिल्ला अदालतमा ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी घाइते भएका हुन् ।

सरकारी वकिल कार्यालय जिल्ला अदालतमा भएको ढुङ्गा प्रहार गर्ने प्रर्दनकारीलाई नियन्त्रणमा लिन प्रहरील २४ सेल अश्रुग्याससमेत प्रहार गरेको प्रहरी निरीक्षक विष्टले बताए ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद २० गते मृत अवस्थामा भेटिएका थिए । शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी प्रमुख अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए । अहिले प्रमुख चलाउनेलगायतको बयानका क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।

जिल्ला प्रहरीमा किटानी मुद्दा दायर भएका सात जनाको पनि खोजी कार्य जारी रहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । गत जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित प्रमुख चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!