२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

घोराही खानेपानीको अध्यक्षमा डिसि र भुसाल बिच कडा प्रतिष्पर्धा जित कसको

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौँ अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै गएको छ । यही २५ गते हुन लागि रहेको निर्वाचनमा रौनकता बढेको हो । सत्तारुढ गठवन्धन कांग्रेसबाट उमेदवार देबीबहादुर डिसी चुनाबी मैदानमा छन ।राष्ट्रिय जनमोर्चा समन्वय समितिबाट अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएका रामबहादुर जिएम र कांग्रेसबाट बागी दिई स्वतन्त्र उमेदवार बन्नु भएका वर्तमान सचिव सुमन शर्माले उम्मेद्वारी फिर्ता लिनु भएको छ । आफुलाई मात्रै बाइपास गरेपछि शर्मा असन्तुष्ट बनेका थिए ।
यसैगरी अर्का अध्यक्ष पदका उमेदवार सुमन शर्माले कांग्रेस नेताहरुको आग्रहमा उमेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।
घोराहीमा पुरानो र सबैभन्दा धेरै उपभोक्ता संख्या रहेको खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएसँगै शनिबार मनोनयन दर्ता र आइतबार उम्मेद्वारी फिर्ता लिने काम सम्पन्न भएको छ ।
अध्यक्षसहित ११ पदका लागि गठबन्धनसहित अन्य दलबाट २७ जनाको उम्मेदवारी परेकोमा ४ जनाले उम्मेद्वारी फिर्ता लिएसँगै २३ जना प्रतिस्पर्धामा रहेका छन् । संस्थाको अध्यक्ष पदका २ जनासहित ४ जनाद्धारा उम्मेद्वारी फिर्ता भएको छ ।
अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट वर्तमान अध्यक्ष देवीबहादुर डिसी र एमाले, राजमो र राप्रपा, एकिकृत समाजबादिको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उमेदवार नारायणप्रसाद भुसाल चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदमा भरतमणि पाण्डेले उम्मेदवारी दर्ता गराउँदा एमालेबाट उपाध्यक्षमा नरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ ।
महिला उपाध्यक्षमा एमाले अध्यक्ष रहेको संयुक्त प्यानलबाट लक्ष्मीदेवी सिंह ठकुरी र गठवन्धनबाट हेमन्ती पुन मगरको उम्मेदवारी परेको छ ।
सचिव पदमा गठबन्धनबाट धर्मेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ भने दिपककुमार श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । यस्तै गठवन्धनको तर्फबाट कोषाध्यक्षमा ध्रुव केसी, एमालेबाट सानुनारायण अधिकारीको उम्मेदवारी दर्ता भएको छ । यसैगरी, खुल्ला सदस्य पदका हरी पौडेल र महिला सदस्य पदका बसन्ती कुमारी भट्टराईले आफ्नो उमेदवारी फिर्ता लिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!