२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

अर्थमन्त्री शर्माले राजीनामा दिएलगत्तै झन्डा छोपेर संसद् भवनबाट बाहिरिए

Logo
प्रकाशित बुधबार, आषाढ २२, २०७९

 ABC-SANCHAR काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ । राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिए । त्यसपछि उनी गाडीतिर अगाडि बढे । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह गरे । मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँद…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!