०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

देशभर ११ महिनामा ५४८ जनाको हत्या कुन जिल्ला कति विवरणसहित

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC-SANCHAR
काठमाडौं । पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हत्याका घटना प्रदेश १ मा सवैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौं उपत्यकामा ४२ जनाको हत्या भएको छ ।

लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदुरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।

हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएका छन् । थोरै संख्यामा फरार आरोपीको खोजी र अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

सो अवधिमा ९ सय ६२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । भवितव्यमा परेर ४ हजार १५२ जनाले ज्यान गुमाएका छन् । साउन यता १५ सय २२ वटा फुटकर ज्यान सम्बन्धी घटना भएका छन् । बेवारिसे अवस्थामा भेटिएका र पहिचान नखुलेका घटनालाई प्रहरीले फुटकर ज्यान सम्बन्धी घटना भन्ने गरेको छ । ११ महिनामा प्रहरीले गर्भ संरक्षण विरुद्ध कसुर गर्ने ३३ जनालाई मुद्दा चलाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो। यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, […]

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको […]

error: Content is protected !!