२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दरबन्दी भन्दा काज माग्ने प्रवृत्तिले प्रहरी हेडक्वार्टरनै हैरान यस्तो आयो निर्देशन

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । शक्तिकेन्द्रबाट भनसुन गराएर आफूखुशी रोजाइको स्थानमा काज सरुवा लिएर अधिकृत तथा कर्मचारीहरुले पोष्टिङ लिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय, नक्साल हैरान बनेको छ । विगतदेखि नै पहुँचका आधारमा आकर्षक स्थानमा पोष्टिङ वा घरपायक जानका लागि काज सरुवा गराउने प्रवृत्ति छ ।

यस्तो प्रवृत्तिले ‘कतिपय कार्यालयमा कर्मचारी नपाउने तथा कतिपयमा अनावश्यक रुपमा थुप्रिने भएर तोकिएको दरबन्दी र उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्न बाधा पुगेको’ प्रहरी प्रधान कार्यालय, नक्सालको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले हालै जारी गरेको परिपत्रमा भनिएको छ, ‘यसले उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्नमा बाधा पुगेको र कतिपय प्रहरी कार्यालयको जनशक्ति व्यवस्थापन समेत प्रभावित हुनुका साथै समय समयमा विभिन्न स्थानमा प्रहरी कर्मचारीको सरुवा गरी कार्य विस्तारको अवसर प्रदानमार्फत समग्र कार्यसम्पादन स्तरवृद्धिमा समेत आघात पुगेको महसुस भएको छ ।’

यसलाई व्यवस्थित गर्न प्रहरी प्रधान कार्यालयले हालै १५ बुँदे परिपत्र जारी गरेको छ । परिपत्रमा प्रहरी कर्मचारीलाई काज खटाउने व्यवस्था सम्बन्धमा प्रहरी नियमावलीमा भएको व्यवस्थाको पूर्ण पालना गराउने भनिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ५२ को उपनियम (१) मा सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ । यसमा ‘विशेष परिस्थिति’ मात्रै प्रहरी कर्मचारीलाई काज सरुवामा खटाइने भनिएको छ ।एउटै कार्यालयमा लामो समयसम्म कार्यरत रहेर अन्यत्र सरुवा भएका प्रहरी कर्मचारीको पुनः सोही स्थानमा काज सरुवा तथा सिफारिस नगर्ने सर्कुलरको अर्को बुँदामा उल्लेख छ । काज सिफारिस गर्दा कार्यालयको विशेष आवश्यकताका आधारमा मात्रै सिफारिस गर्ने भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो गुनासो संगठनभित्रै सम्बन्धित कार्यालयका अधिकारीसमक्ष राख्ने र राख्न लगाउने व्यवस्था गर्न पनि भनिएको छ । साथै, संगठनको ‘चेन अफ कमाण्ड’भन्दा बाहिर गएर व्यावसायिक मर्यादा, अनुशासन तथा संगठनको नीति निर्देशन विपरित काजका लागि भनसुन नगराउन निर्देशन दिइएको छ ।

सामान्यतयाः काज ६ महिना अवधिका लागि मात्र खटाइने हुँदा त्यसअवधिभित्र सम्बन्धित स्थान वा कार्यालयमा सरुवा नभए पुनः काज नवीकरण नगर्ने पनि भनिएको छ । साथै, त्यस्ता अधिकृतलाई अनिवार्यरुपमा तोकिएको दरबन्दी भएको स्थानमा फिर्ता रवाना गर्न भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो नियमित सरुवामार्फत नै पायक पर्ने वा अनुकूल स्थान वा कार्यालयको माग गर्न सक्ने भनिएको छ । यसका लागि सम्बन्धित कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाटै प्रहरी नियमावलीको अनुसूची १३ बमोजिमको फारम भनेर प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा वा प्रहरी कार्यालयमा पठाउन सक्ने भनिएको छ ।

प्रहरी कर्मचारीले अन्य सामान्य प्रकृतिका व्यक्तिगत वा पारिवारिक समस्याहरु विदामार्फत समाधान गर्न सक्ने बताउँदै सम्बन्धित कार्यालयले नियम अनुसार विदा प्रदान गर्ने भनिएको छ । सुरक्षा-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!