३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

दरबन्दी भन्दा काज माग्ने प्रवृत्तिले प्रहरी हेडक्वार्टरनै हैरान यस्तो आयो निर्देशन

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । शक्तिकेन्द्रबाट भनसुन गराएर आफूखुशी रोजाइको स्थानमा काज सरुवा लिएर अधिकृत तथा कर्मचारीहरुले पोष्टिङ लिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय, नक्साल हैरान बनेको छ । विगतदेखि नै पहुँचका आधारमा आकर्षक स्थानमा पोष्टिङ वा घरपायक जानका लागि काज सरुवा गराउने प्रवृत्ति छ ।

यस्तो प्रवृत्तिले ‘कतिपय कार्यालयमा कर्मचारी नपाउने तथा कतिपयमा अनावश्यक रुपमा थुप्रिने भएर तोकिएको दरबन्दी र उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्न बाधा पुगेको’ प्रहरी प्रधान कार्यालय, नक्सालको निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले हालै जारी गरेको परिपत्रमा भनिएको छ, ‘यसले उपलब्ध जनशक्तिको सन्तुलन कायम गर्नमा बाधा पुगेको र कतिपय प्रहरी कार्यालयको जनशक्ति व्यवस्थापन समेत प्रभावित हुनुका साथै समय समयमा विभिन्न स्थानमा प्रहरी कर्मचारीको सरुवा गरी कार्य विस्तारको अवसर प्रदानमार्फत समग्र कार्यसम्पादन स्तरवृद्धिमा समेत आघात पुगेको महसुस भएको छ ।’

यसलाई व्यवस्थित गर्न प्रहरी प्रधान कार्यालयले हालै १५ बुँदे परिपत्र जारी गरेको छ । परिपत्रमा प्रहरी कर्मचारीलाई काज खटाउने व्यवस्था सम्बन्धमा प्रहरी नियमावलीमा भएको व्यवस्थाको पूर्ण पालना गराउने भनिएको छ । प्रहरी नियमावली, २०७१ को नियम ५२ को उपनियम (१) मा सामान्यतयाः प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ । यसमा ‘विशेष परिस्थिति’ मात्रै प्रहरी कर्मचारीलाई काज सरुवामा खटाइने भनिएको छ ।एउटै कार्यालयमा लामो समयसम्म कार्यरत रहेर अन्यत्र सरुवा भएका प्रहरी कर्मचारीको पुनः सोही स्थानमा काज सरुवा तथा सिफारिस नगर्ने सर्कुलरको अर्को बुँदामा उल्लेख छ । काज सिफारिस गर्दा कार्यालयको विशेष आवश्यकताका आधारमा मात्रै सिफारिस गर्ने भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो गुनासो संगठनभित्रै सम्बन्धित कार्यालयका अधिकारीसमक्ष राख्ने र राख्न लगाउने व्यवस्था गर्न पनि भनिएको छ । साथै, संगठनको ‘चेन अफ कमाण्ड’भन्दा बाहिर गएर व्यावसायिक मर्यादा, अनुशासन तथा संगठनको नीति निर्देशन विपरित काजका लागि भनसुन नगराउन निर्देशन दिइएको छ ।

सामान्यतयाः काज ६ महिना अवधिका लागि मात्र खटाइने हुँदा त्यसअवधिभित्र सम्बन्धित स्थान वा कार्यालयमा सरुवा नभए पुनः काज नवीकरण नगर्ने पनि भनिएको छ । साथै, त्यस्ता अधिकृतलाई अनिवार्यरुपमा तोकिएको दरबन्दी भएको स्थानमा फिर्ता रवाना गर्न भनिएको छ ।

प्रहरी कर्मचारीले आफ्नो नियमित सरुवामार्फत नै पायक पर्ने वा अनुकूल स्थान वा कार्यालयको माग गर्न सक्ने भनिएको छ । यसका लागि सम्बन्धित कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाटै प्रहरी नियमावलीको अनुसूची १३ बमोजिमको फारम भनेर प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा वा प्रहरी कार्यालयमा पठाउन सक्ने भनिएको छ ।

प्रहरी कर्मचारीले अन्य सामान्य प्रकृतिका व्यक्तिगत वा पारिवारिक समस्याहरु विदामार्फत समाधान गर्न सक्ने बताउँदै सम्बन्धित कार्यालयले नियम अनुसार विदा प्रदान गर्ने भनिएको छ । सुरक्षा-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!