३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

नेपाल प्रहरीको एसएसपी बढुवाको तयारी, कारबाही भोगेकालाई बढुवा नगर्न निर्देशन

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा जनपद समुहतर्फ रिक्त ३२ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दीमा पदपूर्ति गर्न बढुवा समितिको बैठक बस्ने तयारी भएको छ ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले रिक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) आजै बढुवाको सिफारिस गर्ने तयारी थालेको बुझिएको छ । समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंह सदस्यसचिव छन् ।

हिजो (बिहिबार) राती अबेरसम्म आईजीपी निवासमा बढुवा समितिको बैठक बसेको थियो । बैठकमा केहि एसएसपीहरुको बरियताको विषयमा कुरा नमिलेपछि शुक्रबार (आज) बस्ने गरी बिना निष्कर्ष बैठक टुङ्गिएको थियो ।

उच्च स्रोतका अनुसार यसै साता प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाहीमा परेका एसपीहरुलाई बढुवा नदिन गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएपछी बढुवा समितिको बैठक बस्न सकेको थिएन। आईजीपी निवासमा बिहिबार राती बसेको बैठकमा बढुवाको बिषयमा व्यापक छलफल भएपनी बढुवा सिफारिस हुन सकेन ।

उच्च स्रोतकाअनुसार यसै साता प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाहीमा परेका एसपीहरुलाई बढुवा नदिन गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएपछि बढुवा समितिको बैठक बस्न सकेको थिएन । आईजीपी निवासमा बिहिबार राती बसेको बैठकमा बढुवाको विषयमा व्यापक छलफल भएपनी बढुवा सिफारिस हुन सकेन । हिजोको उक्त बैठकले नेपाल प्रहरीको प्राविधिक समुह (कम्प्युटर) तर्फ १ र नेपाल प्रहरी अस्पतालमा रिक्त ३ एसएसपी पदमा बढुवाको तयारी गरेपनी बढुवा सिफारिस भएन। प्राविधिक समुहको कम्प्युटरतर्फ प्राविधिक एसपी चन्द्रसिंह धामीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने तयारी छ । एसपी धामी केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा कार्यरत छन् ।

उता जनपद समुहतर्फ रिक्त दरबन्दी भन्दा प्रतिस्पर्धी धेरै भएको कारण बढुवाको गाँठो बल्झिदै गएको बुझिएको छ । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एसपीहरु डिल्लीराज बिष्ट र गणेश चन्द एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । त्यस्तै २०५३ र २०५४ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई नेपाल प्रहरीमा स्थानान्तरण भएका सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, बिनोद घिमिरे, माधवप्रसाद श्रेष्ठ, मनोजकुमार यादव, हिमालयकुमार श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, सन्जिव शर्मा दास, ओमबहादुर राना, बिमल बस्नेत, डम्बरबहादुर बिक, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, जयराज सापकोटा, दिपेन्द्र घर्ती क्षेत्री, रामेश्वर प्रसाद यादव, शारदा प्रसाद चौधरी बढुवाको लाइनमा छन् ।२०५४ चैत १८ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका १११ टोलिका दिनेश कुमार आचार्य, ईश्वर कार्की, मनोजकुमार केसी, राजेन्द्र भट्ट, राजन अधिकारी, अरुण पौडेल, गोविन्द थपलिया, किसनसिंह थापा, दीपक रेग्मी, जिवनकुमार श्रेष्ठ, दानबहादुर कार्की, सुदर्शन प्रसाद कोइराला, रेवती ढकाल, लोकेन्द्र श्रेष्ठ समेत गरी ३४ एसपीहरु एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका धेरै अधिकृतहरु र १११ टोलिका रेवती ढकाल, लोकेन्द्र श्रेष्ठको तिनपुस्ते रेकर्ड हेर्दा कारबाही भएको देखिएपछि उनिहरुलाई बढुवा दिने वा नदिनेमा बढुवा समितिका पदाधिकारी नै अन्यौलमा परेको बुझिएको छ । प्रधानमन्त्री देउवाले बिगतमा कारबाही भोगेका र ट्र्याक रेकर्ड खराब भएका अधिकृतलाई बढुवा नदिन निर्देशन दिएपछि कारबाही भोगेका एसपीहरु बढुवाको लागि शक्तिकेन्द्रको लबिङमा लागेका छन् ।

उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन भएर कारबाही भोगेका अधिकृत बढुवा नहुने अवस्था हुँदा नेपाल प्रहरीको चर्चित ११२ टोलिका केहि एसपीहरु एसएसपीमा बढुवाको लागि सिफारिस हुने सम्भावना देखिएको छ । २०५६ असार ३ मा प्रहरी निरीक्षकको नियुक्ति लिएको उक्त ब्याचबाट विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, भुपेन्द्रबहादुर खत्री र बेलबहादुर पाण्डे एसएसपी बढुवाको लागि सिफारिस हुनेछन् । अधिकारी, राठौर, खत्री र पाण्डे नेपाल प्रहरीमा ‘प्रोफेसनल अफिसर’ को रुपमा परिचित छन् ।उनिहरुका अलावा एसएसपी बढुवाको आगि उक्त ११२ टोलिबाट व्यावसायिक छवि कायम गरेका सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, दीप शमशेर जबरा, प्रविण पोखरेल, आभुषण तिम्सिना, गङ्गा पन्त, सबिन प्रधान, अभिनारायण काफ्ले, कृष्णबहादुर पल्लीमगर, गोपालचन्द्र भट्टराई, तारादेवी थापा, दिनेशराज मैनाली र नविनराज राई लगायतका अधिकृतहरु एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!