०१ फाल्गुण २०८१, बिहिबार
13-02-2025 , Thu
×

नेपाल प्रहरीको एसएसपी बढुवाको तयारी, कारबाही भोगेकालाई बढुवा नगर्न निर्देशन

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा जनपद समुहतर्फ रिक्त ३२ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दीमा पदपूर्ति गर्न बढुवा समितिको बैठक बस्ने तयारी भएको छ ।

गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले रिक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) आजै बढुवाको सिफारिस गर्ने तयारी थालेको बुझिएको छ । समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पूजा सिंह सदस्यसचिव छन् ।

हिजो (बिहिबार) राती अबेरसम्म आईजीपी निवासमा बढुवा समितिको बैठक बसेको थियो । बैठकमा केहि एसएसपीहरुको बरियताको विषयमा कुरा नमिलेपछि शुक्रबार (आज) बस्ने गरी बिना निष्कर्ष बैठक टुङ्गिएको थियो ।

उच्च स्रोतका अनुसार यसै साता प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाहीमा परेका एसपीहरुलाई बढुवा नदिन गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएपछी बढुवा समितिको बैठक बस्न सकेको थिएन। आईजीपी निवासमा बिहिबार राती बसेको बैठकमा बढुवाको बिषयमा व्यापक छलफल भएपनी बढुवा सिफारिस हुन सकेन ।

उच्च स्रोतकाअनुसार यसै साता प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाहीमा परेका एसपीहरुलाई बढुवा नदिन गृहमन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएपछि बढुवा समितिको बैठक बस्न सकेको थिएन । आईजीपी निवासमा बिहिबार राती बसेको बैठकमा बढुवाको विषयमा व्यापक छलफल भएपनी बढुवा सिफारिस हुन सकेन । हिजोको उक्त बैठकले नेपाल प्रहरीको प्राविधिक समुह (कम्प्युटर) तर्फ १ र नेपाल प्रहरी अस्पतालमा रिक्त ३ एसएसपी पदमा बढुवाको तयारी गरेपनी बढुवा सिफारिस भएन। प्राविधिक समुहको कम्प्युटरतर्फ प्राविधिक एसपी चन्द्रसिंह धामीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गर्ने तयारी छ । एसपी धामी केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा कार्यरत छन् ।

उता जनपद समुहतर्फ रिक्त दरबन्दी भन्दा प्रतिस्पर्धी धेरै भएको कारण बढुवाको गाँठो बल्झिदै गएको बुझिएको छ । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एसपीहरु डिल्लीराज बिष्ट र गणेश चन्द एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । त्यस्तै २०५३ र २०५४ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई नेपाल प्रहरीमा स्थानान्तरण भएका सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, बिनोद घिमिरे, माधवप्रसाद श्रेष्ठ, मनोजकुमार यादव, हिमालयकुमार श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, सन्जिव शर्मा दास, ओमबहादुर राना, बिमल बस्नेत, डम्बरबहादुर बिक, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, जयराज सापकोटा, दिपेन्द्र घर्ती क्षेत्री, रामेश्वर प्रसाद यादव, शारदा प्रसाद चौधरी बढुवाको लाइनमा छन् ।२०५४ चैत १८ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका १११ टोलिका दिनेश कुमार आचार्य, ईश्वर कार्की, मनोजकुमार केसी, राजेन्द्र भट्ट, राजन अधिकारी, अरुण पौडेल, गोविन्द थपलिया, किसनसिंह थापा, दीपक रेग्मी, जिवनकुमार श्रेष्ठ, दानबहादुर कार्की, सुदर्शन प्रसाद कोइराला, रेवती ढकाल, लोकेन्द्र श्रेष्ठ समेत गरी ३४ एसपीहरु एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका धेरै अधिकृतहरु र १११ टोलिका रेवती ढकाल, लोकेन्द्र श्रेष्ठको तिनपुस्ते रेकर्ड हेर्दा कारबाही भएको देखिएपछि उनिहरुलाई बढुवा दिने वा नदिनेमा बढुवा समितिका पदाधिकारी नै अन्यौलमा परेको बुझिएको छ । प्रधानमन्त्री देउवाले बिगतमा कारबाही भोगेका र ट्र्याक रेकर्ड खराब भएका अधिकृतलाई बढुवा नदिन निर्देशन दिएपछि कारबाही भोगेका एसपीहरु बढुवाको लागि शक्तिकेन्द्रको लबिङमा लागेका छन् ।

उच्च स्रोतकाअनुसार प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन भएर कारबाही भोगेका अधिकृत बढुवा नहुने अवस्था हुँदा नेपाल प्रहरीको चर्चित ११२ टोलिका केहि एसपीहरु एसएसपीमा बढुवाको लागि सिफारिस हुने सम्भावना देखिएको छ । २०५६ असार ३ मा प्रहरी निरीक्षकको नियुक्ति लिएको उक्त ब्याचबाट विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, भुपेन्द्रबहादुर खत्री र बेलबहादुर पाण्डे एसएसपी बढुवाको लागि सिफारिस हुनेछन् । अधिकारी, राठौर, खत्री र पाण्डे नेपाल प्रहरीमा ‘प्रोफेसनल अफिसर’ को रुपमा परिचित छन् ।उनिहरुका अलावा एसएसपी बढुवाको आगि उक्त ११२ टोलिबाट व्यावसायिक छवि कायम गरेका सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, दीप शमशेर जबरा, प्रविण पोखरेल, आभुषण तिम्सिना, गङ्गा पन्त, सबिन प्रधान, अभिनारायण काफ्ले, कृष्णबहादुर पल्लीमगर, गोपालचन्द्र भट्टराई, तारादेवी थापा, दिनेशराज मैनाली र नविनराज राई लगायतका अधिकृतहरु एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!