२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको बडहरा खुरुरीया झोलुङ्गे पुल भाइरल बन्दै टिकटक र फोटो खिच्नेको भिड

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । १ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता रहेको छ । त्यस्तै ४ वटा टावर पिलर, १ वटा मेन एङकेरेज पिलर, मेन एङकेरेज ब्लक २ वटा, ९२ वटा पाइल र ४ वटा उङगेज ब्लक रहेको पुर्वधार डिभिजन कार्यालयले जानकारी दिएका छन् ।

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय भाैतिक पुर्वधार विभागद्वारा ८ करोड ४७ लाख ९६ हजार ६ सय ७६ रूपैयाँ ८८ पैसाको लगानीमा गलवा जगदम्बा थानीले गरेको थियो ।

पुलको डिजाइन सखुवा इन्जिनियरिङ कन्सन्टेन्सी प्रालिले गरेको हो । २०७७ असार २६ गते सम्झौता भएको पुल २०७९ असार २३ गते अर्थात २ वर्ष लगाएर सम्पन्न गरेको हो । राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती वारि र पारिका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माण सँगै त्यहाँका स्थानीयहरू समेत खुसी भएका छन् । पुल नहुँदा जोखिम मोलेर राप्ती नदी पार गर्नुपर्ने बाध्यता रहेको राप्ती गाउँपालिका २ लालमटिया निवासी कृष्ण पोख्रेलले बताए । उनका अनुसार यो पुलले राप्ती पारिका स्थानीयलाई लालमटिया जान र वारीका स्थानीयलाई पर्यटकीय स्थल कुलपानी जान समेत सहज भएको छ । पुल नहुँदा नदी तरेर वारपार गर्दा ज्यान समेत जाने गरेको स्थानीयहरूको भनाई छ ।
पुल निर्माणले गढवा र राप्तीलाई समेत जोड्ने काम गरेको छ । पुल निर्माण सँगै विभिन्न स्थानबाट पुल अवलोकन,फोटो भिडियो खिच्न तथा टिकटक बनाउन दिनहुँ जसो युवा युवती जमातहरूको भिड लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!