२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

दाङको बडहरा खुरुरीया झोलुङ्गे पुल भाइरल बन्दै टिकटक र फोटो खिच्नेको भिड

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९


(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ३ को खुरूरीया देखि गढवा गाउँपालिका १ बडहरा जोड्ने राप्ती नदीमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । १ सय १८.१ मिटर लामो, २ सय ९५ मेट्रिक टन भार क्षमता र २ हजार १ सय १९ जना एकै पटक हिड्न सक्ने उक्त पुलको क्षमता रहेको छ । त्यस्तै ४ वटा टावर पिलर, १ वटा मेन एङकेरेज पिलर, मेन एङकेरेज ब्लक २ वटा, ९२ वटा पाइल र ४ वटा उङगेज ब्लक रहेको पुर्वधार डिभिजन कार्यालयले जानकारी दिएका छन् ।

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय भाैतिक पुर्वधार विभागद्वारा ८ करोड ४७ लाख ९६ हजार ६ सय ७६ रूपैयाँ ८८ पैसाको लगानीमा गलवा जगदम्बा थानीले गरेको थियो ।

पुलको डिजाइन सखुवा इन्जिनियरिङ कन्सन्टेन्सी प्रालिले गरेको हो । २०७७ असार २६ गते सम्झौता भएको पुल २०७९ असार २३ गते अर्थात २ वर्ष लगाएर सम्पन्न गरेको हो । राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती वारि र पारिका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माण सँगै त्यहाँका स्थानीयहरू समेत खुसी भएका छन् । पुल नहुँदा जोखिम मोलेर राप्ती नदी पार गर्नुपर्ने बाध्यता रहेको राप्ती गाउँपालिका २ लालमटिया निवासी कृष्ण पोख्रेलले बताए । उनका अनुसार यो पुलले राप्ती पारिका स्थानीयलाई लालमटिया जान र वारीका स्थानीयलाई पर्यटकीय स्थल कुलपानी जान समेत सहज भएको छ । पुल नहुँदा नदी तरेर वारपार गर्दा ज्यान समेत जाने गरेको स्थानीयहरूको भनाई छ ।
पुल निर्माणले गढवा र राप्तीलाई समेत जोड्ने काम गरेको छ । पुल निर्माण सँगै विभिन्न स्थानबाट पुल अवलोकन,फोटो भिडियो खिच्न तथा टिकटक बनाउन दिनहुँ जसो युवा युवती जमातहरूको भिड लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

error: Content is protected !!