
ABC-SANCHAR
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ९५ रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा २७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।