३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

मधेस प्रदेश डिआईजीको निर्देशनमा घुमुवाको मिलोमतोमा खुलेआम तस्करी

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC (क्राईमबिट)
जनकपुरधाम । मधेश प्रदेशका डीआईजी मसाउद आलम खाँले विवादित र बदनाम घुमुवाहरु परिचालन गरी लाभ लिन तल्लीन छन् । डीआइजी खाँले परिचालन गरेका शक्तिशाली घुमुवा प्रहरी हवल्दार भोगेन्द्र पासवान र सुरेन्द्र ठाकुरले संगठनको मर्यादालाई ख्यालै नगरी नियम बिपरीत धनुषामा घुस आतंक मच्चाएको समाचार प्राप्त भएको छ ।

त्यस्तै, दुहबी नाकाबाट राजीव माहासेठले नेपालबाट चाइनिज स्याउ, कोलगेट टुथपेस्ट, फेयर एण्ड लब्ली, सुपारी लगायत भारततर्फ पठाउने गरेका छन् । भारतबाट कपडा, हार्डवेयर, मोटर पार्टस्, पानपराग, रजनीगन्धालगायतका समानहरु पिकअप र मोटरसाइकलको माध्यमले तस्करी गर्दै आएका छन् ।

धनुषामा नामुद तस्करका रुपले चिनिने सुरेशले महिनाथपुर नाकाबाट कपडा र सूर्ती नेपालतर्फ भित्र््याउने लाइन पाएका छन् । डीआइजी खाँका घुमुवाले राजीव र सुरेशसँग मासिक दररेट तय गरी खुलेआम तस्करीको लाइन दिएका छन् । घुमुवा पासवान र ठाकुरले सुरेश र राजीवसँग ५–५ लाख मासिक दररेट तय गरेको स्रोतको दाबी छ ।

इनर्वा नाकाबाट सुनिल यादव र अजय यादवले महिनाको २ लाख ५० हजार बुझाएर सिलप्याक मदिराको तस्करी गरी भारततर्फ पठाउने लाइन पाएका छन् । बिहारमा मदिरा निषेध भएकाले सीमा क्षेत्रमा नेपालबाट तस्करी हुने गरेको छ । खजुरी नाकाबाट छोटे अहेसान नामका तस्करले चाइनिज सामान र नेपाली सामान भारततर्फ तस्करी गर्दैआएका छन् । बरतुल्ला, सम्तुल्लाह, नरेशले भररिया वडा नम्बर ४ को नाकाबाट कपडाको तस्करी मोटरसाईकलको माध्यमले गर्दै आएका छन् । स्रोतका अनुसार सुनिल, अजय, बरतुल्ला, सम्तुल्लाह र नरेशलाई घुमुवाले मासिक १ लाख ५० हजार रुपैयाँमा तस्करीको लाइन दिएका छन् ।

मुखियापट्टि मुसहर्नियाघाट नाकाबाट उमेश दास, फेकन, बिन्देश्वर नायक, शिवनरायण साहले नेपालबाट मदिरा र ड्रोन क्यामरा भारततर्फ तस्करी गरिरहेका छन् भने भारतबाट कपडा ल्याउने गरेका छन् । यी तस्करहरुलाई सो नाकाबाट तस्करीको लाइन नेपाल प्रहरीका मधेश प्रदेशका डिआईजी मसाउद आलमकै निर्देशनमा दिएको स्रोतले जनाएको छ । भन्सारछली गर्ने तस्करहरुसँग साँठगाँठ भएका घुमुवा प्रहरी हवल्दार पासवान र ठाकुरले तस्करहरुबाट उठेको रकम डीआइजीलाई मासिक दररेट बुझाएर खुसी पारी तस्करी संचालन गरिरहेका छन् ।

पासवान आफ्नै गृहजिल्ला धनुषामा राम्रो चौकी र इलाका प्रहरीदेखि जिल्ला प्रहरी धनुषा गरी करिब १० वर्षसम्म घुमुवाको रुपमा काम गरिसकेका बद्नामी कमाएका घुमुवा हुन् । धनुषाको नगराइन गाउँपालिका निवासी पासवान सत्तापक्ष नेपाली कांग्रेसका वरिष्ठ नेताहरुको सोर्सफोर्स लगाई फेरि धनुषाको घुमुवा बन्न सफल भएका छन् ।

त्यस्तै धनुषा हेर्नेगरी प्रदेश घुमुवाको रूपमा खटिएका बारा जिल्ला निवासी ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ नः वडा कटइया चौरी भन्ने स्थानमा ४० लाख भन्दा माथिको जग्गा किनेर झण्डै ४० लाखको हाराहारीमा घर बनाएका छन् ।

जनकपुरको मुसहरी टोलमा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन् । पहिला प्रदेश घुमुवा सुरेन्द्र ठाकुर र जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवा पासवान हुँदा भन्सार छली गर्नेहरुसँग साँठगाँठ भएको र बदनाम भइसकेपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीेले हेडक्वाटर तानेर पासवान र ठाकुरलाई करिब ३ महिनासम्म करेक्सन तालिममा हाली एक किसिमको कारबाही नै गरेका थिए । उनको बारेमा धेरै गुनासो आएपछि रातमाटे गण हेटौंडामा पठाइएको थियो । घुमुवाका रुपमा तस्करबाट असुलीमा अनुभवी भएकाले ठाकुरलाई डिआईजी खाँले अहिले अघोषित घुमुवाको रुपमा धनुषामा परिचालन गरेका छन् ।

उनले डिआईजी आलमकै पावरमा तस्करी खुलाई तस्करहरुबाट अबैध असुली गरिरहेको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवा मनोज महतोकोबारेमा पनि धेरै गुनासा आउने गरेका छन् । महतो प्रहरी संगठनदेखि ठूला दलका वरिष्ठ नेताहरुको सोर्सफोर्सकै कारण करिब १२ वर्षदेखि धनुषामा नै घुमुवाको रुपमा कार्यरत छन । महतोमाथि पटक पटक तस्करहरुबाट रकम उठाइ तस्करी गराएको आरोप लागदै आएको छ भने धेरै पत्रपत्रिका र अनलाइनमा पनि उनको बारेमा प्रकाशन हुँदैआएको छ । आफ्नो दरबन्दी नगई काजमा एकै ठाँउमा धेरै दिन बसेका र गृहजिल्ला काजमा बसेका प्रहरीलाई दरबन्दी पठाउन हेडक्वाटरले पत्राचार नै गरेको छ तर डीआइजी खाँले अतिरिक्त आम्दानीका लागि त्यस्ता विवादित घुमुवाहरुलाई दरबन्दी नपठाई अहिले पनि घुमुवा खटाएको स्रोतले जनाएको छ । नेपाल-फेसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!