२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

जम्मु काश्मिरमा भिडन्त हुँदा सुरक्षा कारबाहीमा मारिए २ आतङ्कवादी

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९


ABC-SANCHAR
काठमाडौँ । जम्मु-काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतङ्कवादी सङ्गठनसँग आबद्ध आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मीरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारी मारिएका छन् ।

संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो ।
मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!