०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

जम्मु काश्मिरमा भिडन्त हुँदा सुरक्षा कारबाहीमा मारिए २ आतङ्कवादी

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९


ABC-SANCHAR
काठमाडौँ । जम्मु-काश्मीरको सोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र सेना आतंकवादीहरूसँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको प्रहरीले बताएको छ ।

अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह-ए-मोहम्मद (जेएम) आतङ्कवादी सङ्गठनसँग आबद्ध आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मीरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन् । विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारी मारिएका छन् ।

संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो ।
मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!