३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

आईजिपी सिंह साइबर ब्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रियामा

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर ब्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइबर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताए । साथै उनले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै KOICA को साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताए । साथै उनले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा KOICA नेपालका डेपुटी कन्ट्री डाइरेक्टर Jong-Sung Choi ले साइबर अपराध नियन्त्रण नेपालको लागि ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गरे । साथै उनले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताए ।

KOICA नेपालका प्रोजेक्ट मेनेजर Gibum kim ले साइबर परियोजना सम्बन्धी बिषयमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट Younsik Jang ले साइबर ब्यूरो प्रोजेक्ट सम्बन्धी गरेका कामहरू, साइबर ब्यूरो को अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र KOICA नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्धी छलफल समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!