ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब निरीक्षक (सई) र प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग भर्ना छनौट शाखाका अनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ (संचार, सूचना प्रविधि र भौतिक पूर्वाधार), केनाईन र विधि विज्ञान उपसमूह तर्फको अन्तिम नतिजा बुधबार साँझ प्रकाशन भएको हो ।