
ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्राविधिक वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सुचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, अन्यतर्फका १ जना गरी ८ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।