३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

धेरै बाघ देखिन थालेपछी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको घुइँचो

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
बर्दिया ।अहिले बाघ देखिने सिजन भएकाले बाघ हेर्न आउनेको भीड लाग्न थालेको छ । पछिल्लो समय जर्मनी र इजरायलबाट आएका पर्यटकले निकुञ्ज सफारी गरेका छन् ।

सफारीका क्रममा बाघ देखेका कारण उनीहरू खुसी भएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ ।’

बाघकै कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटक बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘यो वर्षमात्रै १० हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!