०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नियम लागू नभए पछी कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने गाडी तेर्स्याए हड्ता

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जमा स्थानीय रुटमा चल्ने सार्वजनिक गाडीले हड्ताल गरेका छन् । कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक माइक्रो बस, म्याजिक गाडीले हड्ताल गरेका हुन् । गाडी सञ्चालकहरुले माइक्रो बस र म्याजिक ल्याएर नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि सडकमा तेर्स्याएका छन् ।

नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु बसपार्कबाटै छुट्नुपर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर चल्ने सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नुपर्ने र ५० रुपैयाँ तिर्नुपर्ने नियम बनाइएको थियो । तर, यो नियम आफूहरुलाई व्यवहारिक नभएको भन्दै गाडी सञ्चालकहरुले आज विहानदेखि हड्ताल गरेका छन् । बस सञ्चालकले हड्ताल गरेकाले नेपालगञ्ज–कोहलपुर रुटमा चल्ने यात्रुवाहक सवारी साधन चलेका छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!