२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बाबुराम भट्टराईसहित ९ जना नेतालाई पद-मुक्त पार्टी फुटाउने सपना चक्नाचुर

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।

‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ उनले भने, ‘ संख्या नपुगेकोले, राजनीतिक रुपमै गलत भएका कारणले पार्टी फुटाउने योजना चक्नाचुर भएको छ ।’

काठमाडौँमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

जसपाको हिजो (बिहीबार) बसेको बैठकले विधान विपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!