ABC (क्राईमबिट)
काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ ।
गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।