१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

पत्रकारलाई कुटपिट गर्ने चितवनका विद्युत प्राधिकरणका ७ कर्मचारी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

ABC (क्राईमबिट)
चितवन । समाचार संकलनका लागि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा पुगेका पत्रकारमाथि कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ पत्रकार कृष्ण आचार्य केन्द्रका कर्मचारीबाट कुटिएका थिए । कुटपिटमा संलग्न ७ जना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए । उनीहरूले आचार्यको दुईवटा मोबाइल सेटसमेत नियन्त्रणमा लिएका थिए ।

कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

error: Content is protected !!