२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

पर्सा प्रहरीले भारतीय ट्रकबाट २६० किलो गाँजासहति २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


ABC (क्राईमबिट)
पर्सा । बिरगंज भारतीय ट्रकबाट
२६० किलो गाँजासहति २ जना पक्राउ
पक्राउ पर्नेमा भारत विहार मोतिहारीका २५ वर्षीय साहेब आलाम र १८ वर्षीय मन्तेजिर आलाम रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ स्थिति एनएल ०२ जी ३७९१ नम्बरको ट्रकमा लागूऔषध गाँजा छ भन्ने सूचनाको आधारमा शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पर्सबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त ट्रक चेकजाँच गर्दा २६० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एसपी रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको एसपी बस्नेतले बताए ।

यसअघि पनि पर्सा प्रहरीले २ सय ७० किलो गाँजासहति २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!