२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला सुरु

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९


(ABC-Sanchar)
गुल्मी । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।

रेसुङ्गामा पूजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रुपन्देही, दाङलगायतका नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन् ।

पोखरीमा नुहाउन तथा पूजा गर्नेहरूको साउनभर भिड लाग्ने गर्दछ । आज पहिलो दिन भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । साउन १ गते, औँसी र एकादशीका दिन यहाँ विशेष चहलपहल हुन्छ ।

रेसुङ्गाको पोखरीमा नुहाउनाले पाप नष्ट हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ छिमेकी देश भारतबाट पनि श्रद्धालुहरू साउने मेलामा सहभागी हुन रेसुङ्गा आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!