२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

दाङका २ ठूला सरकारी अस्पतालमा आर्थिक अवस्था कमजोर भएकाहरूले उपचार निःशुल्क पाउने

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

(ABC-Sanchar)
दाङ । नागरिक स्वास्थ्यमा सरकार भन्ने मूल उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० साउन १ गतेदेखि लागु हुने गरी प्रादेशिक स्तरका दुई सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा बिरामीलाई बेड, बिरामी र रगत सेवा निःशुल्क सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले नागरिक स्वास्थ्य सेवामा सहजताका लागि बिरामीलाई यी सेवा निःशुल्क गरिएको बताए । प्रादेशिक अस्पतालका दुई सरकारी अस्पतालबाट बहिरङ्ग तथा ओपिडी बेड सेवा तथा बिरामी पुर्जा र रगत आवश्यक रहेका बिरामीलाई रगत समेत निःशुल्क सेवा प्रदान गरिएको मन्त्री थारुले जानकारी दिए ।

यसका लागि प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री थारुले भने–‘कतिपय अवस्थामा विपन्न नागरिकसँग नाम लेखाउन समेत पैसा हुँदैन । जसका कारण विपन्न नागरिकले उपचार सेवा पाउनबाट समेत वञ्चित हुनुपर्ने बाध्यतालाई टारेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!