०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट असार १७ मा २ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट मानव बेचविखन अनुसन्धान ब्यूरोले थप ३ जनालाई पक्राउ गरेको छ ।

आइतबार ब्यूरोले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ । आरोपीहरुले काठमाडौंका सडक बालबालिका र मजदुरलाई फकाएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

मजदुर र बालबालिकालाई उनीहरुले भारतमा लगेर ‘मिर्गौला बेचेपछि ५ लाख नगद र ५० हजार पर्ने मोबाइल पाइन्छ’ भनेर डिल गर्ने गरेका थिए । पक्राउ परेका दुईजना त्यसरी मिर्गौला बेचेका पीडित पनि हुन् । उनीहरुले आफ्नो शरीरबाट मिर्गौला झिकेको देखाएर ‘शरीरमा दुईवटा मिर्गौला हुन्छ, एउटा बेच्दा कुनै असर गर्दैन’ भनेर पीडितलाई फकाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–वीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । ती युवकलाई भरत लिएर हिँडेको अवस्थामा प्रहरीले कोटेश्वरमा फेला पारेर उनीहरुलाई पक्राउ गरेको थियो । आरोपीहरुले किड्नी बेच्न तयार दुई जनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षण गराएका थिए ।

ती युवाहरुलाई कोलकत्तासम्म लैजाने जिम्मा विजय कुँवरले लिएका थिए । नेपालबाट कोलकत्तासम्म लगेबापत काठमाडौंमा सक्रिय गिरोहले ५ लाख लिने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो गिरोहका मुख्य नाइके धनबहादुर रोका उर्फ हिमाल हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!