२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

गौशाला प्रहरीले झुठो मुद्दामा फसाएको पुष्टि डिएसपी केशव भट्टराई छानबिनमा

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ ।

सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद रहेकोमा लिम्बुलाई फसाउने खोजिएको प्रहरी कार्यालयको छानबिनमा खुलेको हो ।

गत २३ असारमा प्रहरी वृत्त गौशालाका प्रहरीले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेका थिए । सिसिटिभी क्यामेरामा उनको मोटरसाइकलमा केही समयअघि मात्र एक युवकले त्यसरी बिना राखिदिएको देखिएको छ । अनुसन्धानका क्रममा नियोजित रुपमा उनलाई फसाउन खोजिएको पुष्टि भएको हो । गौशाला वृत्तका घुमुवा प्रहरीलाई हातमा लिएर यसरी फसाउन खोजिएको खुलेको छ। यसमा वृत्तका डिएसपी केशव भट्टराई पनि छानबनिको दायरामा तानिएका छन् । घुमुवा प्रहरीलाई कारबाहीको तयारी भइरहेको छ ।

घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!