२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

गौशाला प्रहरीले झुठो मुद्दामा फसाएको पुष्टि डिएसपी केशव भट्टराई छानबिनमा

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी मिलेमतोमा एक युवकलाई वन मुद्दामा फसाएको पुष्टि भएको छ । कपनका शिव लिम्बुलाई कस्तुरीको बिनासहित दुई साताअघि प्रहरीले पक्राउ गरेकोमा उनीमाथि झुटो अभियोग लगाइएको खुलेको छ ।

सुभाष राई नामक व्यक्तिले लिम्बुको मोटरसाइकलमा कस्तुरीको बिना राखिदिएर प्रहरीलाई पक्राउ गर्न लगाइएको पुष्टि भएको छ । राई र लिम्बुबीच जग्गासम्बन्धि लेनेदन विवाद रहेकोमा लिम्बुलाई फसाउने खोजिएको प्रहरी कार्यालयको छानबिनमा खुलेको हो ।

गत २३ असारमा प्रहरी वृत्त गौशालाका प्रहरीले लिम्बुलाई कस्तुरीको बिनासहित पक्राउ गरेका थिए । सिसिटिभी क्यामेरामा उनको मोटरसाइकलमा केही समयअघि मात्र एक युवकले त्यसरी बिना राखिदिएको देखिएको छ । अनुसन्धानका क्रममा नियोजित रुपमा उनलाई फसाउन खोजिएको पुष्टि भएको हो । गौशाला वृत्तका घुमुवा प्रहरीलाई हातमा लिएर यसरी फसाउन खोजिएको खुलेको छ। यसमा वृत्तका डिएसपी केशव भट्टराई पनि छानबनिको दायरामा तानिएका छन् । घुमुवा प्रहरीलाई कारबाहीको तयारी भइरहेको छ ।

घटनामा संलग्न नारायण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ भने सुभाष राई अझै फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!