२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

९ बर्ष अघि हतियार काण्डमा पूर्व एआइजी भण्डारीको नाम सार्वजनिक

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । जिम्मेवार सञ्चार माध्यमहरुले जनतालाई कसरी भ्रमित पार्छन् भन्ने कुरा कान्तिपुर मिडिया ग्रुपको एउटा समाचार फुटेजले उजागर गरेको छ । अहिले सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि त्यसको व्यापक विरोध भएको छ । अर्थ समितिले हतियार किन्ने विषयमा छानबिन थालेको छ ।

असार ३० गते बेलुकी कान्तिपुर टेलिभिजन र भोलिपल्ट कान्तिपुर पत्रिकामा मुख्य समाचारमा प्रस्तुत समाचारले धेरैलाई भ्रममा पारेको छ । सामाजिक सञ्जालमा समेत भाइरल भएको रिपोर्ट र बिचौलियासँग गरिएको भिडियो रेकर्डमा गरिएको कुरा ८४ करोडको हतियार खरिदसम्बन्धी समाचारसँग मेल खाँदैन । भिडियो रेकर्ड ९ वर्ष पुरानो हो, जसको डिलिङ भिडियो रेकर्डकर्ता राजेन्द्रसिंह भण्डारी हुन्, जो त्यतिबेला डिआइजी थिए ।

भिडियो फुटेजमा देखाइएको हतियार खरिदसम्बन्धी समाचारको फुटेज नौ वर्ष अगाडिको भएको कुरा खुलेको छ । जतिबेला भण्डारी नेपाल प्रहरीको प्रबन्ध शाखाका प्रमुख थिए । उनै भण्डारी र दीपक भट्टबीच प्रहरी प्रधान कार्यालयमा भएको वार्तालापको सानो अंश मात्र कान्तिपुर टेलिभिजनको फुटेजमा देखाइएको छ ।

स्रोतका अनुसार त्यतिबेला भण्डारी र भट्टबीच कस्तो हतियार खरिद गर्ने, कुन देशको हतियार खरिद गर्ने, त्यसमा कति कमिशन राख्ने, टेण्डरको स्पेफिकेशन कस्तो बनाउने, अख्तियार, लेखा समितिदेखि एमाले, कांग्रेसलाई कसरी मिलाउने भन्ने विषयमा करिब एक घण्टा कुराकानी भएको थियो । उक्त कुराकानीमा भण्डारीले सोधेको जिज्ञासामा भट्टले बोलेको कुरा मात्र प्रसारण गरिएको छ ।

कान्तिपुर टेलिभिजनले उक्त फुटेज सम्पादन गरेर भट्टले बोलेको कुरा मात्र प्रसारण गरेकोले बाँकी कुरा खुल्न सकेको छैन । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खरिदको सम्पूर्ण जिम्मा तत्कालीन डिआइजी भण्डारीलाई दिएका थिए ।

त्यसबीच भण्डारी र भट्टबीच पटक–पटक प्रहरी कार्यालयमा कमिशन लेनदेनसम्बन्धी कुरा भएको थियो । भट्टसँगको सेटिङमा टेण्डर पनि आह्वान भयो । ७ वटा कम्पनीले त्यसमा टेण्डर हालेका थिए । जसमध्ये एउटा टेण्डर भट्टको इनफिनेटी होल्डिङले हालेको थियो । तर, कमिशनको कुरा नमिलेर उक्त टेण्डर भण्डारीले रद्द गरेका थिए ।

तर, भण्डारीले फुटेजमा आफ्नो कुरा जति लुकाएर भट्टसँग ‘ब्ल्याकमेलिङ’ गर्न यो भिडियो फुटेज बाहिर ल्याएको आरोप स्वयं प्रहरीहरुले लगाइरहेका छन् । भण्डारीसँग सुरक्षित उक्त भिडियो रेकर्डको पूर्णपाठ सार्वजनिक भएमा धेरैको पोल खुल्न सक्छ । भण्डारीले उक्त भिडियो रेकर्ड आफ्नै कार्यकक्षमा गरेका हुन् ।

नेपाल प्रहरीको एआइजी जस्तो गरिमामय पदमा बसेको व्यक्तिले पदीय मर्यादाविपरीत भिडियो रेकर्ड गरिएबाट पनि उनी कतिसम्म गैरजिम्मेवार प्रहरी अधिकृत हुन् भन्ने कुरा बुझ्न सकिन्छ । नौ वर्षअघिको भिडियो अहिले आफन्तको मिडियामार्फत उनले सार्वजनिक गरेर त्यतिबेला टेण्डरमा भएको विवादमो प्रतिशोध लिएको चर्चा प्रहरीमा छ ।

कान्तिपुर दैनिकमा स्वयं भण्डारीले २०७१ सालमा हतियार खरिद गर्न विभिन्न शक्तिकेन्द्रबाट दबाब आएको र आफैँले उक्त हतियार खरिद रोकेको बताएका छन् । यसबाट पनि के कुरा स्पष्ट हुन्छ भने २०७१ सालमा डेढ अर्बको हतियार किन्न भण्डारीले पटक–पटक भट्टसँग कुरा गरेर टेण्डर प्रक्रिया अगाडि बढाएका थिए ।

फुटेजबाट पनि त्यस कुराको पुष्टि हुन्छ । तर, कमिशन नमिलेका कारण त्यतिबेला हतियार किन्ने कुरा अगाडि बढेन । र, अहिले सरकारले ८४ करोड रुपैयाँ प्रहरीलाई हतियार किन्न छुट्याएपछि कान्तिपुर टेलिभिजनबाट पुरानो भिडियो रेकर्ड समाचारका रुपमा प्रसारित गर्नुको पछाडि पनि ८४ करोडको हतियारमा कमिशनकै चक्कर हो भन्ने बुझ्न गाह्रो छैन ।

समाचार स्रोतका अनुसार नेपालमा हुने ठूला ठेक्कापट्टामा कान्तिपुरको चासो रहने गरेको छ । त्यो चासो पूरा नहुँदा कहिले गोपाल पराजुली, कहिले दीपकराज जोशी, कहिले चन्द्रप्रसाद ढकाल, कहिले निरजगोविन्द श्रेष्ठ, सतिसलाल आचार्य, कहिले अजय सुमार्गी त कहिले दीपक भट्टहरु समाचारको शिकार बन्ने गरेका छन् । यसअघि हिमालयन रिइन्स्योरेन्समा भने शेयरको कुरा मिलेकाले कान्तिपुरले त्यसलाई समाचार नबनाएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!