२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सशस्त्र प्रहरी निरीक्षकहरुलाई आईजिपी र एआईजीबाट दर्ज्यानी चिन्ह फुली प्रदान

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालयमा साउन ५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को यही साउन २ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ ८९ जना र सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूह तर्फका ७ जना जुनियर अधिकृतहरु सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको हो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लामो सयम जुनियर अधिकृत दर्जामा रहँदाको अनुभवलाई संगठनको हित र उच्चतम् विकासमा योगदान पुर्‍याउन निर्देशन दिनुहुँदै बढुवा भएका अधिकृतहरुलाई हार्दिक बधाई तथा आगामी दिनको कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

उहाँले संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्नुहुँदै कार्य सम्पादन मूल्यांकन तथा चुनौतीपूर्ण कार्यको मूल्यांकनलाई यथार्थपरक बनाउनुको साथै व्यावसायीक कार्यशैलीको निष्पक्ष र पारदर्शी तवरले बढुवा समितले मूल्यांकन गरिरहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जुनियर अधिकृतबाट सिनियर अधिकृतका रुपमा रुपान्तरण हुँदा जिम्मेवारी पनि स्वतः बृद्धि हुने र सोको मर्यादा र गरिमा राखेर आगामी दिनहरुमा थप उत्प्रेरित भएर उच्च मनोबल र हौसालाका साथ कार्य गर्न समेत निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत एवं बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!