
ABC (क्राईमबिट)
कपिलवस्तु। विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भए पनि नेपाल प्रहरी र कपिलवस्तु प्रहरी र बन रेन्ज पाेष्टले कुनै सक्रियता देखाएकाे छैन यसबाट पुष्टि हुन्छ कि सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे छ । बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे
तस्करहरु बेलुकी काठका गुलिया जंगलबा ल्याई बाेर्डर काे किनारमा रहेको बगैचा र परालमा लुकाएर राख्ने काम गर्छन् । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याएर माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।
काठ तस्करीबारे सुरक्षा निकाय पनि अनविज्ञ छैन्न इलाका प्रहरी कार्यालय बहादुरगन्जका इन्चार्जको मिलोमतोमा त्यस क्षेत्र भित्रै अवैधरुपमा काठ भित्र्याउने गरेको एक प्रहरीले नाम न बताउने सर्तमा भनेका छ्न । दुई देश बीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धी सान्धि सम्क्षाैता विपरित कार्य हाे ।
जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र
नरायनापुर गेडुवजोत दत्तापुर घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन ।
साथै जानी जानी वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरु माथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय कपिलवस्तुकाे पनि मिलिमताे रहेकाे प्रष्ट छ ।