२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

सुर्खेत प्रहरीले अवैध युरिया मल, र सुर्ती र कपडाहरु पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

ABC (क्राईमबिट)
(बिकास बिसि ) । रत्न राजमार्गको नेपालगञ्ज सुर्खेत सडकखण्डका विभिन्न चेकपोष्टबाट सुर्खेत प्रहरीले अवैध युरिया मल, सुर्ती र कपडा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको प्रमुख प्रवेशनाका भेरीगङ्गा नगरपालिका–५ सुर्खेत बबईस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले बर्दियादेखि सुर्खेततर्फ जाँदै गरेको भे१च २८८२ नम्बरको बलेरो जिप जाँच गर्दा कुनै पनि बिल नभएको २५ बोरा युरिया खाद मल फेला पारी बरामद गरेको हो ।

त्यस्तै भेरीगङ्गा–१२ सुर्खेत सल्लिचोकस्थित इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट खटिइगएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कप्र०२०१ख ०५८७ नंको फोर्स गाडीमा जाँच गर्दा बिल नभएको चार बोरा बेवारिसे सुपरपावर सुर्ती नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!