२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

काठमाडौं प्रहरी परिसरमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डिएसपी खटिए

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई खटाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डिएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् ।

एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डिएसपीले हेर्ने गरेका थिए ।

परिसरमा २ जना डिएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भए पनि ‘ठाडो उजुरी’ र जिल्ला प्रशासन कार्यालयको शान्ति सुरक्षाको पत्रको आवरणमा प्रहरीले त्यस्ता विवाद हेर्दै आएको छ ।

डिएसपी खटाएसँगै काठमाडौँ जिल्लाभरिका चेक बाउन्सका मुद्दा टेकु स्थित प्रहरी परिसर बाट हेर्न थालिएको छ । काठमाडौँको मातहतमा डिएसपी इन्चार्ज हुने १४ वटा प्रहरी वृत्त छन् ।

उनीहरूलाई बैङ्किङ कसुरका मुद्दा हेर्ने कानुनी अधिकार दिए पनि उपत्यका प्रहरी कार्यालयले छुट्टै अधिकृत खटाएर मुद्दा केन्द्रीकृत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!